अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण



काठमाडाैँ । भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन । कोरोनाको पहिलो लहरमा पनि उनी संक्रमित भएका थिए । 

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । उनले आफूसँग निकट रहेका र सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन अनुरोधसमेत गरेका छन्।