२४ अंकले घट्यो नेप्से, २ अर्ब ७३ करोडको कारोबार



काठमाडौँ । सोमबार उच्च अंकले बढेको शेयर बजार मङ्गलबार फेरि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो । 

सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । मंगलबार दुई सय २१ वटा कम्पनीको ६४ लाख ६ हजार कित्ता शेयर २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ ।


यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१८ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६८ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक १.७७ प्रतिशतले, निर्जीबन बीमा समूहको उपसूचक १.७१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.५५ प्रतिशतले माइक्रोफाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १.९ प्रतिशतले घटेको छ । 

समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।