साउदीमा विमान दुर्घटना हुँदा पाइलटको मृत्यु



मङ्गलबार साउदीको राजधानी रियादको थुमामाह विमानस्थलमा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।

विमानस्थलबाट उडान भरेको केही समयपछि मङ्गलबार बिहान हलुका विमान दुर्घटनाग्रस्त भएको एभिएसन इन्भेस्टिगेशन ब्युरोले ट्वीट गरेको छ ।


साउदी विमानमा तालिमरत एकजना चालक मात्र सवार थिए। विमानको भग्नावशेष विमानस्थलबाट ५ किलोमिटर टाढा फेला परेको थियो । दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ ।