सांसद सुवालको प्रश्नः सिंहदरबारमा भागबण्डा हुने, पीडितले न्याय नपाउने ?



काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक मानवताविरुद्धका अपराधीलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको बताएका छन् ।

मंगलबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै सुवालले मानव अधिकार उल्लङ्घन गर्नेलाई उन्मुक्ति दिन नसकिने बताएका हुन् ।


उनले भने,‘मानव अधिकारको उल्लङ्घन मेलमिलापबाट हुने भए त्यो मानव अधिकार उल्लङ्घन नै भएन नि।’ सांसद सुवालले सत्ता गठबन्धनका दललाई गठबन्धन गरेर चुनावमा जान सहज बनाउनको लागि विधेयक ल्याउन लागेको बताए । उनले भने,‘सिंहदरबार भागबण्डा हुने, पीडितले न्याय नपाउने ?’

सुवालले ऐनमा सशस्त्र द्वन्द्व किन भएको थियो भन्ने विषयमा कुनै कुरा उल्लेख नभएको भन्दै आलोचना गरे। उनले द्वन्द्व कसको कारणले भयो र त्यसमा संलग्न नेताहरू को को थिए भन्ने नाम समेत ऐनको अनुसूचीमा राख्नुपर्ने माग गरे ।