संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताएका छन् । उनले विश्व निकायको एक चीन नीति रहेको समेत स्पष्ट पार्नुभएको छ। युक्रेन सङ्कटबारे ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सो बारे स्पष्ट पारेका हुन् ।
“हाम्रो अडान एकदमै स्पष्ट छ। हामी महासभाको प्रस्ताव, एक चीन नीतिको पालना गर्छौं र हामीले गर्ने सबै कुरामा यही वकालतहुन्छ,” गुटेरेसले भने।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७१ मा प्रस्ताव २७५८ पारित गरेको थियो जसले संयुक्त राष्ट्रसंघमा जनवादी गणतन्त्र चीनको वैध अधिकार पुनर्स्थापित गर्दै पीआरसी सरकारका प्रतिनिधिहरूलाई संयुक्त राष्ट्रसंघमा चीनको एक मात्र वैध प्रतिनिधिको रूपमा मान्यता दिने निर्णय गरेको थियो।