सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप, तीन घाइते



सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा तस्कर समूह र प्रहरीबीच आज झडप भएको छ । स्थानीय घुरन साहको घरमा अवैधरुपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप भएको प्रहरीको भनाइ छ ।

तस्करी गरेर ल्याइएको समान घरमा राखेको अवस्थामा खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पु¥याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि झडप भएको बुझिएको छ । सो झडपमा परेर प्रहरी र केही स्थानीयवासी घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।


स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेका छन् । स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुडा गर्दा तीन प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।