सप्तरीमा बेवारिसे शव फेला



सप्तरी । सप्तरीमा आज एक बेवारिसे शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा र राजविराज नगरपालिका–१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

कोसी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम, थर ठेगाना नखुलेको एक व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


परीक्षण र शनाखतका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा शव राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।