विश्वप्रकाश शर्मा भन्छन् : झापाबाटै उठ्छु, प्रेम उता घरजम यता हुने कुरै हुन्न



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट चुनाव लड्ने घोषणा गरेका छन् । बुधबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले आफू झापाबाटै चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘फेरि प्रस्ट्याउँ – वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौं-५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु,’ शर्माले ट्वीट गर्दै भनेका छन्, ‘प्रेम उता घरजम यता कुरै हुन्न ।’


२०७४ सालको निर्वाचनमा शर्मा झापा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । तर उनी नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।