विद्युतीय दुर्घटनामा परी भारतमा दशजनाको मृत्यु



विद्युतीय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ ।


दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा लापर्वाहीका कारण हरेक बर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।