युरोपमा आँधीका कारण १३ जनाको मृत्यु



युरोपको मध्य र दक्षिणी क्षेत्रमा आएको आँधीका कारण १३ जनाको मृत्यु भएको छ । फ्रान्स, इटाली र अस्ट्रियामा आँधीका कारण जनधनको क्षति भएको बीबीसीले उल्लेख गरेको छ।

रुख ढलेर लाग्दा धेरैको मृत्यु भएको हो । अत्याधिक वर्षासँगै चलेको हावाहुरीले यी क्षेत्रका कयौं घरमा क्षति पुगेको छ भने सडक जलमग्न भएका छन् । हप्तौंको अत्याधिक गर्मी र सुख्खा पछि परेको वर्षाले जनजीवन प्रभावित बनेको छ । आँधी र बाढीका कारण केही व्यक्ति घाइतेसमेत भएका छन्।


अधिकारीहरुले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ। फ्रान्सको मुख्य ग्रिड अपरेटर एन्डिसले दक्षिणी ल्वार र एन प्रशासनिक विभागहरूमा आँधी आएपछि करिब एकहजार घरधुरी बिजुलीविहीन भएको बताएको छ ।