युक्रेनले अमेरिकी हतियारको रेकर्ड परम्परागत कागजमै राख्ने



युक्रेनी अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेका हतियार र अन्य सैन्य उपकरणहरूको सही स्थानलाई पिन गर्न असमर्थ रहेको बताएका छन् । त्यस बारे सबै विवरण कागजमा उल्लेख गरिएको रक्षा विभागका कार्यवाहक महानिरीक्षक सीन ओ’डोनेलले ब्लूमबर्गलाई बताएका छन् । अ

धिकारीका अनुसार युक्रेनले “हाते रसिदहरू” प्रयोग गरेर हतियारहरूको अभिलेख राख्ने गरेको बताएका छन् । “यो सबै कागजी हो,” अधिकारीले स्वीकार गर्दै भनेका छन् हतियारहरू कहाँ पुग्छन् भन्ने बारे कागजी रेकर्डमै आधारित भएको बताएका छन् ।


उपयुक्त अभिलेखको अभावले हतियारको प्रसारणमा शङ्का गर्ने ठाँउ देखिए पनि नेटो अधिकारीहरूले भने “हतियार हस्तान्तरणको सुरक्षा व्यवस्थापन यथेष्ट रहेको” बताएका छन् ।