महानगरले काठमाडौँ मलअगाडिको अनधिकृत संरचना डोजर लगाएर हटायो



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडिको अनधिकृत संरचना भत्काएको छ । बुधबार भवन भाडामा लिएर नक्सापासविपरीत बनाइएका संरचना महानगरले डोजर लगाएर भत्काएको हो ।

महानगरका मेयर बालेन साह र काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख डीआइजी मीरा चौधरीसहितको टोलीको उपस्थितिमा संरचना भत्काइएको हो । सुन्धारा क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचनाहरू हटाइने महानगरले जनाएको छ ।