भारतबाट तेस्रो पटक घटेर आयो इन्धनको मूल्य



काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ ।

यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगमले बताएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमको घाटा भने कायमै रहेको निगमले जनाएको छ ।


नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेल र एलपीजी ग्यासको बिक्रीमा घाटा छ । यसअनुसार निगमले मासिक ६५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने बताइएको छ । अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ ।

यसअघि दुई पटक भारतबाट इन्धनको मूल्य घटेर आएको थियो । तर निगमले विगतको घाटा पूर्ति गर्नुपर्ने भन्दै मूल्य घटाएको थिएन ।