भाजपासँगको गठबन्धन तोड्दै नितिश कुमारले दिए मुख्यमन्त्रीबाट राजीनामा



भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन् । योसँगै उनले नयाँ सरकार गठनका लागि १६० सदस्यहरुको समर्थनसहितको पत्रसमेत बनाएका छन् ।

मंगलबार नितिशले भाजपासँग गठबन्धन तोडेका हुन् । त्यसलगत्तै उनले जनता दल युनाइटेडका सदस्यहरुसँग छलफल गरेका थिए। आफ्ना पार्टीका सांसदहरुले उनको निर्णयमा समर्थन गरेपछि उनले राजीनामा दिएका हुन् । भाजपा नेता तथा संघीय गृहमन्त्री अमित शाह आफ्नो पार्टी फुटाउन लागि परेको आरोप नितिशले लगाएका छन्।


उनले आफ्नो पार्टीका नेता आरसीपी सिंहलाई अमित शाहको कठपुतली बनेको आरोपसमेत लगाएका छन्। भ्रष्टाचारको आरोप लागेपछि सिंहले जेडीयुबाट राजीनामा दिएका थिए ।

नितिशकुमार राजभवनामा पुगेर राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्। उनीसँगै विपक्षी नेता राष्ट्रिय जनता दल (आरजेडी)का तेजश्वी यादवसँगै साथमा पुगेका थिए ।

नितिशकुमारले आरजेडीका नेता तेजश्वी आफैं उपमुख्यमन्त्री बन्ने बताइएको छ। नयाँ क्याबिनेटमा तेजप्रताप यादव पनि मन्त्री हुने दाबी गरेको एनडीटीभीले जनाएको छ ।