भक्तपुरमा मल्लकालीन भैरव नाच सुरु



भक्तपुर । पैँतालिस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैलः अर्थात् भैरव नाच यस वर्षदेखि सुरु भएको छ । ‘

भक्तपुरको मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाच शनिबार राति ९ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले अवलोकन गरेका मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।


गएरातिनै विभिन्न टोलमा चार दिन चार रात अपराह्नदेखि रातिसम्म सञ्चालन हुने भैरव नाच सबैको सहयोग र एक महिनादेखिको अथक तयारी एवं प्रयासबाट सञ्चालन गरिएको लाय्कू भैलः सञ्चालन समितिले जनाएको छ ।

दुई वर्ष यहाँको युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन सुरु भएको हो । भाद्र कृष्ण द्वितीयादेखि ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।