बाढीको विपत्तिको सामना गर्न सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह



पाकिस्तानले बाढीको विपत्तिको सामना गर्न सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । प्रधानमन्त्री सेहबाज सरिफले बिहीबार राति ट्वीट गर्दै पाकिस्तानले दातृ निकाय, मित्र राष्ट्र र अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग बाढीको विपत्तिको सामना गर्न सहयोगका लागि आग्रह गरेको बताएका हुन् ।

प्रधानमन्त्री सरिफले शुक्रबार पनि ट्वीट गर्दै भनेका छन्, “जारी वर्षाले देशभर विनाश निम्त्याएको छ ।” क्षतिको अभिलेखीकरण हुन बाँकी भए बर्षा र बाढीको क्षतिलाई यस पहिले सन् २०१० मा पाकिस्तानमा भएको प्राकृत्तिक विपत्तीसँग तुलना गरिएको छ । उहाँले भन्नुभयो, पाकिस्तानमा यो बर्षको मौसमी बर्षाका कारण सन् २०१० मा भएको अत्यधिक बर्षा, बाढी, पहिरो र डुबानले जस्तै अत्यधिक क्षति गरेको छ ।”


सबै स्रोत साधन परिचालन गर्ने देशको प्रयासको एक भागको रूपमा, सरीफले इस्लामाबादस्थित राजदूतहरू, उच्चायुक्तहरू र कूटनीतिक क्षेत्रका वरिष्ठ विदेशी अधिकारीहरूलाई भेटेर स्थितिको बारेमा जानकारी गराएका छन् । “हामी अन्तर्राष्ट्रिय समुदायप्रति बाढीका कारण भएको क्षतिप्रति सहानुभूति, समवेदना र सहयोगको प्रतिबद्धताका लागि आभारी छौं,” प्रधानमन्त्री सरीफले भने ।