बस दुर्घटनामा परी भारतमा छ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते



भारतमा मङ्गलबार कम्तीमा छ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटनाका कारण अरु ३३ जना घाइते पनि भएका छन् । उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

काश्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रु बहाक वस नदीमा खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूको भनाई छ । भारतमा चालकहरूको लापरवाही, खराब अवस्थाको सडक र पर्याप्त मर्मत नगरिएका सवारी साधनका कारण हरेक वर्ष सयौँ दुर्घटना हुने र हजारौँको मृत्यु हुने गरेको छ ।