प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक दोश्रो पटक पनि बहुमतले पारित



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस भनेर सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता विधेयक २०७९ प्रतिनिधिसभामा बहुमतले पारित भएको छ ।

बिहिबार सरकारले प्रतिनिधिसभामा पुनः प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा पारित गरियोस भन्ने प्रस्तावमा कूल उपस्थित १ सय ९५ सांसदमध्ये पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत परेको हो । 


राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ जस्ताको त्यस्तै पास भएको हाे ।