‘पुटिन र सी चिनफिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने’



इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताएका छन् । विडोडोले ब्लुमबर्गसँग भने, “सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनु भएको छ ।”

अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय मुलुकहरूले रूसी नेता पुटिनले यूक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिस्कार गर्नसक्ने बताएका थिए भने तीनै मुलुकका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर रूस र चीनलाई एकतर्फी आफ्ना कुरा राख्न दिननहुने बताउँदै सम्मेलनमा सहभागिता जनाउनु पर्नेमा जोड दिँदै आएका छन् ।


पछिल्लो समय अमेरिका र चीनबीच ताइवान बिषयलाई लिएर तनाव बढिरहेका समय यो उच्चस्तरीय सम्मेलन हुन लागेको हो । चीन र अमेरिकाबीच व्यापार, मानव अधिकार, ताइवानलगायतका विभिन्न विषयमा द्वन्द्व हुँदै आएको छ । यसैबीच, युक्रेनमा जारी युद्धले अमेरिकी नेतृत्वको पश्चिमी समूह र मस्कोबीच दरार बढाएको छ ।