पाकिस्तानमा बाढी पहिरोका कारण एक दिनमा १४ को मृत्यु, १४ घाइते



पाकिस्तानमा अत्यधिक वर्षापछिको घटनामा परी एक दिनमा १४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा भएका घटनामा अरु १४ जना घाइते भएको पनि सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पनि अत्यधिक वर्षाका कारण बाढी पहिरो लगायतका वर्षा सम्बन्धी विभिन्न घटना भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा मृत्यु भएका मध्ये पाँच जना बालबालिका र आठ जना महिला रहेका छन् । उनीहरूको देशका विभिन्न ठाउँमा भएका घटनामा परी मृत्यु भएको हो ।


प्रदेशगत तरिकाले हेर्दा सबैभन्दा बढी देशको उत्तर पश्चिमी खैबर पख्तुन्खवा प्रान्तमा १० जनाको मृत्यु भएको छ । त्यसपछिको सबैभन्दा धेरै चार जना सिन्ध प्रान्तमा मृत्यु भएको प्राधिकरणले जनाएको छ । सोही अवधिमा ३५२ घर क्षतिग्रस्त भएका छन् ।