पशुपतिनाथको सन्ध्याकालीन आरतीमा एमाले अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् । बागमती गंगा आरती सेवा समितिको निमन्त्रणामा अध्यक्ष ओली सोमबार साँझ पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका हुन् । उनले बागमती गंगा आरती सेवा समितिको १५ औं वार्षिकोत्सवको उद्घाटन समेत गरेका छन् ।