नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा



काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार पाँच एसपीको काज सरुवा गरेको हो । बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत एसपी वीरबहादुर ओलीको जिल्ला प्रहरी कार्यालय दाङमा काज सरुवा गरिएको छ।

दाङका एसपी सुरेश प्रसाद काफ्लेलाई अपराध अनुसन्धान विद्यालय काठमाडौं सरुवा गरिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काको बागमती प्रदेश प्रहरी गण हेटौंडामा सरुवा भएको छ ।


काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरको प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौंमा सरुवा भएको छ भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसपी खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएको छ।