नेकपा एमालेद्वारा आयोगमा दल दर्ता



काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

मंगलबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, राजन भट्टराईलगायतका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। । आयोगले निर्वाचनमा भाग लिन राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दर्ताका लागि समय दिएको छ ।


आयोगमा एमालेले १० औं नम्बरमा दल दर्ता गरेको छ । दल दर्तापछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले देशभर गठबन्धन बनाएर चुनावमा नजाने बताए । उनले  विचार र एजेन्डा मिल्नेहरुसँग कहीँकतै तालमेल हुनसक्ने बताए ।