निहारिका प्रकरणका आरोपित शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ



काठमाडौँ । प्रहरीले निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ। मंगलबार साँझ उनलाई धनुषाबाट पक्राउ गरिएको हो । प्रहरी प्रवक्ता टेकप्रसाद राईले आरोपित श्रेष्ठलाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए ।

आफूमाथि बलात्कार भएको आरोप लगाउँदै आएकी निहारिकाले डीएन परीक्षणको माग गर्दै आएकी छन्। बलात्कारबाटै बच्चाको जन्म दिएको दाबी गर्दै आएकी उनले राजधानी केन्द्रित आन्दोलन गर्दै आएकी छन् । केही दिनअघि उनले राष्ट्रपति कार्यालय अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयाससमेत गरेकी थिइन्।


प्रहरीले तत्कालै उद्धार गरेर अस्पताल पुर्याएको थियो । घटनालगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिका प्रकरणमा चासो देखाएकी थिइन्। उनले महान्याधिवक्ता र कानुनमन्त्रीलाई डाकेर निकारिका प्रकरणका सम्बन्धमा छलफल गरेकी थिइन्।