निहारिकाका छोरा र आरोपीको डीएनए जाँच गराउन उच्च अदालतको आदेश



जनकपुरधाम । उच्च अदालत जनकपुरले निहारिकाका छोरा र आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षणका लागि आदेश दिएको छ ।

बुधबार अदालतका न्यायाधीश न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले आरोपित शिवराज श्रेष्ठको र निहारिकाको छोराको डीएनए परीक्षणका लागि आदेश दिएको हो ।


आफ्नो छोरा र आरोपितको डीएनए जाँचको माग गर्दै पटकपटक आन्दोलन तथा अनसन बस्दै आएकी निहारिकाको माग अनुसार डीएनए जाँच गर्न उच्च अदालतले आदेश दिएको हो । प्रहरीले यसअघि नै शिवराजलाई पक्राउ गरेर अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर थुनामा राखेको छ।

अदालतको आदेशसँगै अब डीएनए जाँच गर्ने बाटो खुलेको छ । शिवराजलाई भने यसअघि जिल्ला अदालत धनुषाले सफाई दिएको थियो। तर अदालतले गम्भीर त्रुटी गरेको भन्दै निहारिकाले डीएनए परीक्षणको माग गर्दै आएकी थिइन्।