निर्वाचन आचारसंहितामा एमालेका १३ मुख्य सुझाव : मौन अवधि २४ घण्टामा सीमित गर्नुपर्ने



काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आयोगले तयार गरेको आचारसंहितामा १३ बुँदे सुझाव दिएको छ । आयोगले सोमबार आचारसंहितामाथि दलहरुको राय सुझाव लिएको थियो ।

एमालेले निर्वाचन मौन अवधि २४ घन्टा बनाउनुपर्ने, निजी क्षेत्रमा निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै आचारसंहिता लागू नगराई आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्ने लगायतमा सुझाव छन् ।