दार्चुलामा जीप दुर्घटना : परी ५ जनाको मृत्यु , ६ घाइते



धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र एक महिला रहेका छन्।

अन्य दुई जना पुरुष, ३ जना महिला र चालक घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ। जीप सडकबाट करिब २५० मिटर तल खसेको छ। जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो।


प्रहरीको टोली भरखरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।