थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु



काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण आज ८४८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा ५६१९ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ५२५९ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई ५२६ घर फर्किएका छन् ।


यस अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ९९० को सङ्क्रमणबाट मृत्यु भएको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, मुगु, डोल्पा, जुम्ला र हुम्ला रहेका छन् ।

यस्तै होम आइसोलेसनमा ५०६२, संस्थागत आइसोलेसनमा एक सय ९७, सघन उपचार कक्ष (आइसियु)मा ६८ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ९० हजार ४४७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।