थप २९९ जनामा काराेना संक्रमण पुष्टि, २ जनाको मृत्यु



काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा काराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ४३३७ नमूना परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको हाे ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६७० र एन्टिजेनबाट २६६७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १८० र एन्टिजेनबाट ११९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.२ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५७७ जना निको भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ४६२५ पुगेको छ।