थप २६३ जनामा काराेना संक्रमण पुष्टि, दुई जनाको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २६३ जनामा काराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा देशभरबाट ३१६५ नमूना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३९९ र एन्टिजेनबाट १७६६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १६२ र एन्टिजेनबाट १०१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमणबाट मुक्त भएकाे मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काराेना संक्रमणबाट थप २ जनाकाे मृत्यु भएकाे छ । हाल कोरोना सक्रिय संक्रमितको संख्या ५४३४ पुगेको छ।