तीज र गौरा पर्वले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्ने अध्यक्ष ओलीको विश्वास



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरितालिका तीज तथा सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना दिएका छन् ।

मंगलबार शुभकामना सन्देशमार्फत् ओलीले सांस्कृतिक पर्व तीजले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण महिलाहरूलाई प्रेरणा दिने विश्वास गरेका छन् ।


समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न नेकपा (एमाले) ले निर्धारण गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को गन्तव्यमा मुलुकलाई पुर्याउन क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यसहित स्पष्ट नीति र कार्यक्रम लिएर आफूहरू अघि बढेको ओलीको भनाइ छ ।