झापाबाट चार सय ४९ खेलाडी छनोट, प्रशिक्षकलाई सम्मान



झापा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट चार सय ४९ खेलाडी छनोट भएका छन् । उक्त प्रतियोगितामाअन्तर्गत प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा भाग लिन २७ विधामा ४४९ जना खेलाडी छनोट भएका हुन् ।

भदौ ४ गतेदेखि सुरु भएको खेलाडी छनोट प्रतियोगिता साेमबार औपचारिक रुपमा समापन गरिएको छ । समापन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले खेलकुद देशको पहिचानको महत्वपूर्ण आधारस्तम्भ भएकाले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पु¥याउनुपर्नेमा जोड दिए । खेल र खेलाडीलाई साधनस्रोत र सुविधा उपलब्ध गराउन सके अपेक्षाकृत सफलता मिल्ने बताए ।


झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले छनोट प्रतियोगिताको गतिविधिबारे जानकारी गराएका थिए । सीमित स्रोतसाधनका बाबजुत भव्य रुपमा छनोट प्रतियोगिता आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको बताए । सोही कार्यक्रममा खेलकुद विकास समितिमा प्रशिक्षकको रुपमा लामो समय सेवा पु¥याएर सेवा निवृत्त भएका दुई प्रशिक्षकलाई सम्मान गरेको छ । हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो ।