चुनावमा माओवादी र नेकपा समाजवादीको घोषणापत्र एउटै हुने



काठमाडाैँ । पार्टी एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका छन् । पार्टी एकतासमेत गर्ने तयारी गरेका दुवै दल एकताअघि नै चुनावमा भने एउटै घोषणापत्र बनाएर जान सहमत भएका हुन् ।

सोमबार विहान ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी छलफलमा  एकता संयोजन समिति गठन गर्ने र चुनावी घोषणापत्र एउटै बनाउनेबारे सहमति भएकाे हो ।