आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : माधव नेपाल



काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले आफ्नै चिन्ह लिएर चुनाव लड्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् ।


माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए । 

उनले भने,‘पाँचदलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्छौं । माओवादी केन्द्रसँग चुनावपछि एकता अघि बढ्छ । त्यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको छ।’