![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
डाेटी । डोटीको शिखर नगरपालिका–१० गहनानस्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका–६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन् ।
बुधबार दिउँसो डडेल्धुराबाट मलामी आएका उनी डोटीको गहनानस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि उनको अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले जानकारी दिए । उनले भने, “युवक बगेको खबर पाएलगत्तै स्थानीयवासी तथा प्रहरी टोली परिचालन भएको छ, अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ, खोजीकार्य जारी छ ।”
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
वर्षात्का कारण नदीमा पानीको बहाब बढेको र पानी धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ । सेती नदीमा आफन्तको शव जलाउन आएका बेला उनीसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए । ताम्राकार करिब २०० मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला परेका थिए भने वीरेन्द्र अहिलेसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)