सर्पदंशबाट बालकको मृत्यु



सिरहा । सर्पदंशबाट सिरहामा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ जमदहका ६ वर्षीय अनिल सदा रहेका छन् ।

घरमै साथीहरुसँग लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सदालाई विषालु सर्पले डसेको हो । उनको उपचारका क्रममा चोहर्वास्थित जयकाली सर्पदंश केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।