विश्व बैंकद्वारा नेपालका लागि १३ अर्ब रुपैयाँ ऋण स्वीकृत



काठमाडौँ । विश्व बैंकले नेपालका लागि १ सय मिलियन डलर (पौने १३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ऋण स्वीकृत गरेको हो। विश्व बैंकका अनुसार नेपालको हरित, जलवायु उत्थानशील र समावेशी विकासमा सहयोग पुर्याउने  उद्देश्यले सो ऋण दिन लागिएको हो।

जिआरआईडी (ग्रिन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट) का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयनका लागि यो ऋण सहायता उपयोग गिरने जनाइएको छ।


कोरोना महामारीपछि नेपालमा हरित र समावेशी विकासमा सहायता केन्द्रित गरेको विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले बताएका छन्।