यस्ता छन् मन्त्रिपरिषद बैठकका १२ निर्णय



काठमाडौँ । सरकारले नेपालमा आयात न्यूनीकरण तथा व्यवस्थापन गर्ने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आयात बढेको र विदेशी मुद्राको सञ्चिति घटेको सहितको विषयमा आयातको महत्वपूर्ण भूमिका रहेकोले पनि सरकारले अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।


बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई मनोनयन नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्यमा डा. प्रकाशराज रेग्मी र डा. नविनचन्द्र गौतमलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ ।