मापसे गरी स्कुल बस चलाउने पाँच चालक कारबाहीमा



काठमाडौँ । ट्राफिक प्रहरीले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्कुलका पाँच जना चालकले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटेको छ ।


आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।