मलेसियामा एकै दिनमा दुई हजार ३४५ जना काराेना सङ्क्रमित



मलेसियामा दुई हजार तीनसय ४५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशमा कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो परीक्षणबाट तीन जना बाहिरबाट आएका व्यक्ति र बाँकी स्थानीयमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्युभएको छ । मलेसियामा हालसम्म ३५ हजार आठसय १९ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेका २४ घण्टामा दुई हजार ३८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।