मन्त्री हेरफेरले विधेयक पास हुन समस्या : सभामुख



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री फेरबदलका कारण केही विधेयक पास हुन नसकेको बताएका छन् । सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सभामुख सापकोटाले मन्त्री फेरबदल हुँदा केही विधेयकहरु पास गर्न समस्या भएको बताएका हुन् ।

उनले जनताको थलोको रुपमा संसदभन्दा प्रभावकारी अरु कुनै ठाउँ नभएको भन्दै संसद लोकतन्त्रको आत्मा भएको बताए । उनले हालसम्म १५ वटा विधेयक पारित भएका र ५ वटा समितिको प्रतिवेदन पेस भएको जानकारी दिए ।


उनले भने, ’मन्त्रीको फेरबदलले केही विधेयक पास हुन सकेका छैनन् । जो पास भइसकेका हुन्थे । अहिले राम्रोसित कामलाई अगाडि बढाउन सक्छौं भने आत्मविश्वास बढेको छ । उपसभामुखको निर्वाचन भएको छ। अब काम गर्न सहज हुनेछ।’

सभामुख सापकोटाले नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेको बताए ।