बैतडीबाट तीन वर्षमा दुई सय जना हराए



बैतडी । भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनका अनुसार आव २०७६÷७७ मा ४५, २०७७÷७८ मा ६०, आव २०७८÷७९ मा ८४ जना हराएका हुन् ।

सो अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । हराएकामध्ये आव २०७६÷७७ मा ३८, २०७७÷७८ मा ३९, आव २०७८÷७९ मा ५३ जना फेला परिसकेका छन् । उनसाठी जना अझै सम्पर्कविहीन रहेका छन् । हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको छ ।


हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेट्टिएका भए पनि प्रहरीमा खबर नगर्ने पनि गरेका छन् । पछिल्ला केही वर्षदेखि बैतडीबाट महिला तथा बालबालिका हराउनेक्रम बढिरहेको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पालले बताए ।