पाकिस्तानमा जुन महिनामा १५७ महिला अपहरित



पाकिस्तानमा जुन महिनामा १५७ जना महिला अपहरित भएका छन् । सोही अवधिमा ९१ महिलामाथि बलात्कार भएको विवरण पनि हालै सार्वजनिक भएको एक प्रतिवेदनमा उल्लेख छ । 

दिगो सामाजिक विकास सङ्गठन (एसएसडिओ) र अनुसन्धान, विकास र सञ्चार केन्द्रले तयार पारेको प्रतिवेदनमा महिला विरुद्धका हिंसा बढेको देखिएको छ ।  हिंसाको अवस्था र सङ्ख्याको गुणात्मकता नकारात्मक भएको देखिएको छ, प्रतिवेदनमा लेखिएको छ । 


जुन महिना भरीमा १८० बालबालिकामा यौनजन्य तथा भौतिक हिंसाका घटना भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।  बालबालिका माथि भएका ९३ दुर्व्यवहारका घटना मध्ये ६४ ओटा अपहरणका घटना र ३७ ओटा भौतिक आक्रमणका घटना भएको जनाइएको छ ।