![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
बागलुङ । वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड मङ्गलबार बिहान १०ः३० देखि पुनः सञ्चालनमा आएको छ । स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो । पहिराका कारण मध्यपहाडी लोकमार्ग गएरातिदेखि अवरूद्ध भएको थियो ।
मङ्गलबार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर सडक सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेको थियो । उक्त खण्डको ठाउँठाउँमा स–साना पहिरा खसेका थिए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
सडक पुनः सञ्चालनमा आएसँगै लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ गइरहेका छन् । त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मिशेरा सडक पनि सञ्चालनमा आएको छ । पहिराका कारण अवरुद्ध भएको सडक बागलुङ नगरपालिको सहयोगमा पन्छाइएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)