नेपालको विकास र समृद्धिमा भारत सदैव भरपर्दो साझेदार रहन्छः भारतीय विदेशमन्त्री



काठमाडौँ । भारत भ्रमणम रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । शनिबार उनीहरुबीच भेटवार्ता भएको हो । विदेशमन्त्री जयशंकरले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

आर्थिक सहकार्यमा केन्द्रित भइ छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको जयशंकरले बताएका छन् । विदेशमन्त्री जयशंकरले ट्वीट गर्दै भनेका छन्,‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहेनछ ।’


भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत भ्रमणमा गएका छन् । भ्रमणका क्रममा प्रचण्डको भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।