नेपाल प्रहरीका १७ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौँ । नेपाल प्रहरीका १७ जना डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

बढुवा समितिले यही असार १७ गते एसएसपी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह (चन्द) र किरण राणालाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो । सिफारिस गरिएका सबैको बढुवा सदर भएको हो ।