थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । हाल कोरोना सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ८७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका  छन्।