ग्वार्कोमा बस पल्टिएर ट्याक्सीलाई किच्दा ११ जना घाइते



ललितपुर । ललितपुरको ग्वार्कोमा बस पल्टिएर ट्याक्सीलाई किच्दा ११ जना घाइते भएका छन् ।  ग्वार्कोस्थित बीएन्डसी अस्पतालअगाडि बुधवार बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ  । त्यसक्रममा बसले मोटरसाइकललाई पनि ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनाको समयमा बसमा ८ जना, ट्याक्सीमा २ जना र मोटरसाइकलमा एकजना सवार थिए । घाइतेहरूको अवस्था सामान्य रहेको र केही सामान्य चेकजाँचपछि फर्किसकेका प्रहरीले जानकारी दिएको छ । माछा बोकेको गाडीलाई जोगाउन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।