गोकर्णेश्वरबाट खैरो हिरोइनसहित तामाङ पक्राउ



काठमाडाैँ । नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट १४.६६ ग्राम लागुऔषध (खैरो हेरोइन) सहित तेह्रथुम सुङनाम गाउँपालिका–४ घर भएका २६ वर्षीय दीपक तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गोकर्णेश्वर–८ अत्तरखेलमा मासु पसल सञ्चालन गरेर बसेका तामाङलाई मासु पसलबाटै लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले तामाङसँग १४.६६ ग्राम खैरो हिरोइन, तीन थान मोबाइल, सुनको सिक्री एक थान, चाँदीको ब्रासलेट एक थान, मोटरसाइकल एक थान, घडी एक थान र नगद रु आठ हजार बरामद गरेको छ ।

पक्राउ तामाङलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी प्रहरीवृत्त बौद्धबाट अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।