गठबन्धन गर्दा कसैको पनि सिट जान सक्छ, सबै तयार रहौँ : गृहमन्त्री खाँण



काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आगामी चुनावमात्र नभएर धेरै पछाडिसम्मका लागि गठबन्धन आवश्यक रहेको जिकिर गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै खाँणले गठबन्धन बिना माओवादी चुनाव नलड्ने बताउँदै सो कुरा बताएका हुन् ।

उनले निर्वाचनमा गठबन्धन गर्दा पार्टीका नेताहरूको सिट कटौती हुन सक्ने र त्यसका लागि सबै तयार रहनुपर्ने बताए । उनले अहिले मात्र नभई धेरैपछिसम्म पनि गठबन्धनको आवश्यकता रहेको बताए ।


उनले भने, ‘गठबन्धन बिना माओवादी एकलै चुनाव लड्दै लड्दैन । उसले कुनै अर्को पार्टनर खोजिहाल्छ । त्यसैले अहिले मात्र होइन धेरै पछाडिसम्म पनि गठबन्धनको आवश्यकता देखिन्छ । गठबन्धन भयो भने कसैको पनि सिट जान सक्छ  । यसका लागि सबै तयार रहनु पर्छ ।’